२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ४ चैत । नेपाल वैश्य समाज विराटनगरको प्रथम बैठकले वैश्य समुदायका तीन समाजसेवीलाई सम्मान गरेको छ । वैश्य समाजले मंगलबार पहिलो बैठक आयोजना गरी समाजसेवी सियाराम रौनियार, पवन शाह र उमेश भगतलाई दोसल्ला ओढाएर सम्मान गरेकाे हो ।

समाजसेवी एवं वैश्य समाजका सल्लाहकार भगवानलाल साह र वैश्य समाजका अध्यक्ष राजेन्द्र गुप्ताले उनीहरुलाइ सम्मान गरे । सो बैठकमा साधारणसभामा भएको निर्णयहरुका बारेमा पुनः जानकारी गराइएको थियो भने आगामी कार्यक्रमहरुका बारेमा पनि छलफल गरेकाे थियो ।

बैठकमा समाजमा फैलिएको रुढीवादी परम्पराहरु जस्ता कुरीतिहरुको अन्त्य गर्दै लैजाने विषय उठाएएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!