२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विनोद मेहता

विराटनगर, ४ चैत । विराटनगरको शान्ति युवा क्लबद्वारा महिला हिंसासम्बन्धी जनचेतना कार्ययक्रम आयोजना गरेकाे छ । बुधबार विराटनगरकाे भानु मेमाेरियल उच्च माविमा शान्ति युवा क्लबले महिला हिंसासम्बन्धी जनचेतना कार्यक्रम गरेको हो ।

भानुकाे प्रत्येक कक्षा कोठामा विद्यार्थीहरुलाइ महिला हिंसाका बारेमा जानकारी गराइएको थियो । शान्ति युवा क्लबका अध्यक्ष विपुल चाैधरीले विद्यार्थीहरुलाइ महिला हिंसाका विषयमा जानकारी दिएका थिए ।

उनलाइ क्लबका सचिव सुष्मा यादव,  सदस्यहरु वैजु दास, पूजा बस्नेत, अमित दास, मुकेश चाैधरीले सहयोग गरेका थिए भने भानुका काेअर्डिनेटर एके दासले उनीहरुलाइ समन्वय गरेका थिए ।

आजबाट थालिएको जनचेतना कार्यक्रम विराटनगरका अन्य स्कुल-कलेजमा पनि गरिने अध्यक्ष चाैधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!