विराटनगर, ५ चैत । बिहीबारदेखि विराटनगरमा ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ सुरु भएको छ । स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने लक्ष्यका साथ फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता-चप्पल व्यापार मेला सुरु भएको हो । आज विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यापार मेलाको उद्घाटन गरेका हुन् । मेला एक महिनासम्म चल्ने मेला आयोजक समितले जानकारी दिएको छ ।
विगत ३ वर्षदेखि हुँदै आएको व्यापार मेला गत वर्ष भने कोरोना माहामारीका कारण स्थगित भएकाे थियो । वैशाख ५ गतेसम्म चल्ने मेलामा १ सयदेखी १० हजारसम्मको जुत्ता चप्पल खरिद गर्न सकिने मेला आयोजक समितिका संयोजक होमनाथ उपाध्ययले जानकारी दिए ।
उनका अनुसार मेलामा १५ भन्दा बढी नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको खरिद गर्दा १० देखी ५० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको छ ।
मेलामा बेस ग्लोबल प्रालि, शिखर सुज इण्डष्ट्रिज, कोसेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, नियासा सुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फुटवेयर प्रोडक्ट, पवित्रा सुज इण्डष्ट्रिज, रन सुज इण्डष्ट्रिज, स्मार्ट सुज इण्डष्ट्रिज, जय श्री पियु टेक र सुरबी पोलमर्सलगायत कम्पनीका स्टलहरु रहनेछन् ।




