काठमाडाैँ, ६ चैत । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजीनामा दिएको उनले बताए ।
अब आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उनले बताए ।






