२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, ८ चैत । झापाको दमक नगरपालिका-४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिवार साँझ साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क १०८२ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनाबाट दुवै मोटरसाकलमा सवार रहेका ५ जना घाइते भएका थिए । घाइतेहरुमध्ये प्रदेश १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका-८ का २३ वर्षीय निरन बस्नेतको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सोही मोटरसाइकलको पछाडी सवार रहेका रतुवामाई नगरपालिका-८ का २४ वर्षीय अनिष कोईरालालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने टिपर, टिपर चालक तथा दुवै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!