काठमाडौं, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै वर्ष पहिले नै जात त्यागेको बताएका छन् । अन्तर्राष्ट्रिय विभेद उन्मुलन दिवसका अवसरमा काठमाडौंमा आइतबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जात त्यागेर नै आफूले आफ्नो नाम पुष्पकमल दाहालबाट प्रचण्ड रुपान्तरण गरेको बताउँदै उनले भने, ‘प्रचण्ड भनेको जात होइन । प्रचण्डभित्र दलित, महिला, उत्पीडित, पूर्वेली, पश्चिमेली सबै छ ।’
दाहालले आफूले दलित नेताबाटै कम्युनिस्ट सदस्यता लिएको स्मरणसमेत गरे । माओवादी विद्रोहमा दलितहरु सवैभन्दा बढी सम्मानित भएको बताउँदै दाहालले परिवर्तन रक्षाका लागि सदैव लड्ने उल्लेख गरे ।






