मोरङ, ९ चैत । मोरङको कटहरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएकाे छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका-२ का ३६ वर्षीय बच्चु डुम रहेका छन् ।
कटहरी गाउँपालिका-३ मा आइतबार बेलुका साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साइकलयात्री डुमलाइ ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट घाइते भएका डुमको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साइकललाई ठक्कर दिने टिपर तथा चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।




