२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
  1. विनोद मेहता

विराटनगर, ११ चैत । विराटनगरकाे शान्ति युवा क्लबले विराटनगरका ५६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार क्लबका सम्पूर्ण टिम मिलेर  विराटनगर-११  नहर पिपलगाछी छेउमा रहेको एक विद्यार्थीको घरमा एक कार्यक्रम आयोजना गरी क्लबले ५६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

क्लबले जनपथ माविमा नर्सरीमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष विनीत सिंहले जानकारी दिए । उनकै अध्यक्षतामा भएकाे उक्त कार्यक्रम विराटनगर ११ को वडाअध्यक्ष त्रीथेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यस्तै विशिष्ट अतिथिको रुपमा विराटनगर ११ को वडासदस्य रिनकु परियार रहेकी थिइन् ।

यस्तै क्लबले १० जना विधार्थीलाई कक्षा नर्सरी देखि १० सम्म निःशुल्क पढाइने व्यवस्था मिलाएकाे छ । यस्तै वडाध्यक्ष न्यौपानेले एक विधार्थीलाइ निःशुल्क पढाउने घोषणा पनि गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!