२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, १२ चैत । पार्किङ गरिएको स्कुटर चोरी गरेको आरोपमा मोरङबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढिगंगा गाउँपालिका-२ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्बिन मगर रहेका छन् । गत चैत ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरिराखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको थियो ।

स्कुटर चोरी भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटरसहित दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!