२०८३ श्रावण १२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १३ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीबाट वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउँदै अहिलेको अवस्थामा सत्तालाई प्राथमिकतामा नराखिएको स्पष्ट पारेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फी रूपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा पौडेलले यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिए ।

सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्वपूर्ण कार्य रहेको वरिष्ठ नेता पौडेलको भनाइ छ ।

उनले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुुलुुकलाई जोगाउन सबै दललाई आग्रह गरे । उनले सबै राजनीतिक दलबीच आपसी सहमतिमा सरकारको विकल्प खोज्ने गरी छलफल एवं गृहकार्य जारी रहेको आँैल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!