२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लन्डन, २५ असाेज । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

विदेशमा विगत ९ महिनामा नेपालबाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । तीमध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् । संक्रमित नेपालीमध्ये ८९ प्रतिशत कोरोनामुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!