राजीव कुशवाहा
विराटनगर, २२ चैत । ४० वर्ष भारतमा जेलजीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । उनको आइतबार विराट मेडिकल शिक्षण अस्पतालमा प्रदेश सरकारको पहलमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको छ ।
उनको प्रारम्भिक जाँच डा. पुरु कोइरालाले गरेका थिए । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले समन्वय गरेका छन् । यसै अस्पतालमा उनलाई भर्ना गरी थप उपचार गरने बताइएको छ ।
मन्त्री कार्की उनको उपचारका लागि विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीसंग निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री कार्कीका सहयोगी रवि खनालले जानकारी दिएका छन् । अस्पतालसम्म ल्याउन भतिज गोपाल तिम्सिना सहयोग गरेका छन् ।




