२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ चैत । मन्त्री बनेको दस दिनपछि प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङलाई सांसद पदबाट हटाउन प्रदेशसभामा पत्र पठाइएको छ । नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै नेकपा एमाले प्रवेश गरी मन्त्री बनेका आङबुहाङलाई हटाउन माओवादी केन्द्रले  निर्णय गरेको हो । माओवादी केन्द्रले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको पत्र प्रदेश १ को प्रदेशसभामा पठाएको हो ।

माओवादी केन्द्र त्याग गरेको भन्‍ने विषयमा पार्टीले स्पष्टीकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको पत्रमा उल्लेख छ। साथै, आङबुहाङलाई पार्टीले साधारण सदस्यतासमेत नरहने गरी निष्काशन गरेको छ । माओवादी केन्द्र प्रदेश १ को प्रदेशसभा संसदीय दलको सिफारिसअनुसार उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

चैत १३ गते आङबुहाङ एमाले प्रवेश गरेर प्रदेश १ सरकारको आर्थिक मामिलामन्त्री बनेका थिए । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँताउने फैसला गरेपछि उनी एमालेतिर लागेका थिए । आङबुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । पार्टीले यसरी कारबाही गरेपछि उनको मन्त्री पद अब ६ महिनामात्र कायम रहने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!