२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, २४ चैत । इलाममा शरीरमा आगो सल्किँदा एक महिलाको मृत्यु भएकाे छ । मृत्यु हुनेमान इलाम रोङ गाउँपालिका-३ मार्से कि ४८ वर्षीया मनमाया राई रहेकी छन् ।

सोमबार दिउँसो ११ बजे आफ्नै भान्सा कोठामा चिया लिन जानेक्रममा गाईको खोले पकाउने चुल्होमा उनले लगाएको कटनको कपडामा आगो सल्किएको थियो । त्यसपछि शरीरको विभिन्न भागमा पोली उनी घाइते भएकी थिइन् ।

घाइते उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएकोा थियो । सो अस्पतालमा उपचार हुन नसकी रातको सभा ९ बजे थप उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुरमा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!