२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोजपुर, २४ चैत । भोजपुरमा ट्रक अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ । भोजपुर अरुण गाउँपालिका ४ छेम्ताङमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।

सोमबार बेलुका ६ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बाया भित्तामा ठोक्किएको थियो ।

ट्रकको अगाडिको भाग भित्तामा जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनी मोरङ पथरीशनिश्चरे ८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको हो ।

यस्तै ट्रक चालक भोजपुर अरुण गाउँपालिका ६ जरायोटार का २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाईते भएका छन् । घाइते उनकाे धरान घोपामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!