झापा, २४ चैत । झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्काई ३ का ३६ वर्षीय रोशन यादव र कन्काई ५ का २१ वर्षीय समीर लिम्बू रहेका छन् ।
साेमबार बेलुका झापा मेचीनगर नगरपालिका-६ स्थित गैरीगाँउबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।




