पथरीशनिश्चरे, २५ चैत । मोरङको पथरीशनिश्चरेमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएकाे छ । मङ्गलबार बिहान १० बजे पथरीशनिश्चरे १० त्रिबेणी चोक बस्ने भीमबहादुर राईको घरमा आगलागी भएकाे थियो ।
काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।




