काठमाडाैँ, २५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा घर भएका ३४ वर्षीय प्रकाश महरा रहेका छन् । त्रिभुवन विमानस्थलका एसएसपी रजेशनाथ बास्तोलाका अनुसार मंगलबार राइस कुकरभित्र एक किलो सुनसहित उनी पक्राउ परेका हुन् ।
उनी फ्लाइ दुबईको उडानमार्फत् काठमाडौं आएका थिए । विमानस्थल भन्सार क्षेत्रमा जाँच गर्दा महराको साथबाट पहेँलो धातु बरामद गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको एसएसपी बास्तोलाले जानकारी दिए ।




