२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ चैत । मसला चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् । मोरङ बुढिगंगा गाउँपालिका वडा नं.-३ शान्ति चोकमा रहेको सेन्चुरी मसला उद्योगबाट मसला चोरीमा संलग्न तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बुढिगंगा गाउँपालिका वडा नं.-६ सखुवाटोकी बस्ने वर्ष २५ को सुरज चौधरी, जिल्ला संखुवासभा धर्मदेवी नगरपालिका वडा नं.-२ तामाफोक बस्ने वर्ष ३७ को जितेन बिक र  दुहवी नगरपालिका वडा नं.-५ दुहवी वजारका ४२ वर्षीय सन्तोष साह रहेका छन् र

मंगलबार दिउँसाे १ बजे उद्याेगबाट १५ बोरा सेन्चुरी मसला चोरी गरी दुहवीमा रहेकाे माँ भगवती किराना पसलमा वेच्न भनि लगिरहेको गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाइ पक्राउ गरेकाे हो ।

यस्तै उक्त चोरीको मसला खरिद गर्ने पसलका संचालक सन्तोष साहल समेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई चोरी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!