२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

सुनसरी, ३० चैत । पछिल्लो केही समययता भन्सार छली गरेर सामग्री भित्र्याउनेक्रम बढ्दो छ । चोर बाटो प्रयोग गरेर अवैध सामग्री भित्र्याउनेक्रम बढे पनि स्थानीय प्रशासन माैन देखिन्छन् ।

No description available.

सोमबार ग्रामीण खबरको टोली रिपोर्टिङका क्रममा रहँदा नै सुनसरीको भोक्राहा नरसिंहका स्थानीय व्यापारीले भारतबाट साइकलमा भन्सार छलेर सामग्री ल्याउँदै गरेको देखिएको थियो ।

यहाँका व्यापारीले भोक्राहा नर्सिङ गाउँपालिका वडा नं ८ , ७ र ५ हुँदै इनरुवा बजारसम्म उक्त अवैध सामग्री पुर्याउँछन् । तस्बिरमा देखिएको यो भोक्राहा नर्सिङ ७ न मा भएको काली मन्दिरको छेउबाट चोर बाटो प्रयोग गरेर सामान ल्याउँदै गरेको व्यापारीको हो ।

No description available.

ब्यापारीले किरानाका सामग्रीका साथै ब्रोइलर कुखुरा पनि ल्याएको पाइन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस महामारीको संक्रमणको दोस्रो लहर चलिरहेको अवस्थामा यसरी सामग्री ओसार-पसार गर्दा जोखिम उत्तिकै हुन्छ । यस्तै बर्डफ्लुको प्रकोप पनि भारतमा उस्तै देखिन्छ ।

No description available.

तर सीमा क्षेत्रमा कडाइ नहुँदा व्यापारीलाइ सजिलो हुनेगरेको छ । यस विषयमा प्रहरी प्रशासन भने बेखबर देखिएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!