२०८३ श्रावण ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १ वैशाख । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले देशप्रति जिम्मेवार रहन सबैलाई आग्रह गरेका छन् । बुधबार नव वर्ष–२०७८ को उपलक्ष्यमा प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रप्रति जवाफदेही एवं जिम्मेवार भएर राष्ट्रिय मर्यादालाई कायम राखी समाजमा असल सन्देश प्रवाह गर्न सबैमा आग्रह गरेका हुन् ।

प्रदेश प्रमुख अधिकारीले मुलुक निर्माणको जिम्मेवारी हामी सबैको काँधमा रहेको उल्लेख गर्दै सकारात्मक सोचले अगाडि बढेमा राष्ट्र र समाज सबल एवं सक्षम हुने बताए ।

उनले कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका नेपालीप्रति दुःख व्यक्त गर्दै कोभिड–१९ नियन्त्रणमा सरकारले दिएको निर्देशन पालना गर्न सबैसँग आग्रह पनि गरे। प्रदेश प्रमुख अधिकारी वर्तमान पिँढीको ठूलो योगदानले निर्माण भएको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!