झापा, २ वैशाख । झापामा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ । झापा शिवसताक्षी नगरपालिका-११ दुधे स्थित पूर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का १ जना सवार गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान साढे ४ बजे पश्चिमतर्फ जाँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटना भएकाे थियो । सो दुर्घटनाबाट एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० वर्षीय उत्सव घिमिरे र सोही एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएका थिए ।
घाइते उनीहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको थियो भने तामाङको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




