२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोजपुर, ३ वैशाख । भोजपुरमा चट्याङबाट वृद्धाको मृत्यु भएको छ । बिहीबार बेलुका भोजपुरको उत्तर षडानन्द नगरपालिकामा पानीसँगै परेको चट्याङबाट ७२ वर्षीया मनमाया राईको मृत्यु भएको हो ।

बिहीबार बेलुका आफनै घरमा बसी रहेको अवस्थामा असिना पानीसँगैको चट्याङबाट षडानन्द नगरपालिका वडा नम्बर ८ की उनी घाइते भएकी थिइन् । उनको उपचारको लागि स्वास्थ्य केन्द्र लैजानेक्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।

चट्याङबाट टाउकोमा गम्भीर चोट लागेर घाइते मनमायाको स्थानीय मुलपानी स्वास्थ्य केन्द्र लग्नेक्रममा ज्यान गएको प्रहरीले जनाएको छ । राईको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरी शुक्रवार पोस्टमार्टम लागि जिल्ला अस्पताल सङ्खुवासभा पठाइने इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!