२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ वैशाख । रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो । ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन ।

बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!