विराटनगर, ५ वैशाख । विराटनगरबाट भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान ८ का ५५ वर्षीय नौसाद मिया रहेका छन् । उनलाई प्रहरीले मोरङ विराटनगर १७ मटेरुवा स्थितबाट भारतीय नोटसहित पक्राउ गरेको हो ।
शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतीय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजारहित पक्राउ गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।




