झापा, ५ वैशाख । झापा बुद्दशान्ति गाउँपालिका-४ देविबस्ती बस्ने ज्योति बिमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् । शनिबार राति लागेको आगलागीबाट ६५ लाख बराबरको क्षति भएको हो ।
गत राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट भएका हो ।
उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान पौने ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।




