काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा १४औं महाधिवेशन र सत्ता समिकरणको विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक दुई पटक स्थगित भइसकेको छ। २७ गते सभापति शेरबहादुर देउवा निवासमा सरकारको नेतृत्व लिनेबारे तीन दलको बैठक डाकेकाले केन्द्रीय समिति रोकिएको थियो ।
स्थगित बैठक ३० गतेका लागि तोकिएको थियो । उक्त दिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई भातृ शोक परेकाले बैठक स्थगित भएको थियो ।






