विराटनगर, ५ वैशाख । मोरङ बुढिगंगा गाउँपालिका-४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर १४ जतुवा का ४५ वर्षीय अन्जनी सिंह रहेका छन् ।
आइतबार बिहान सभा १० बजे उत्तर जाँदै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक सिंह गम्भीर घाइते भएका थिए । घाइते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका २ का ३२ वर्षीय भीमबहादुर बिक प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।




