२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, ८ वैशाख । सुनसरी इटहरीको रिलाइन्स स्पेलिङ मिल्समा आगोलागी हुँदा करोडौँको क्षति भएकाे छ । इटहरी-१२ खनार चोक स्थितमा सञ्चालनमा रहेको रिलाइन्स स्पेलिङ मिल्स प्रा.लि. मा आगोलागी हुँदा करोडौँको क्षेति भएको हो ।

मंगलबार दिउँसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पड्किएर आगोलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

उक्त आगोबाट अन्दाजी १० करोड बराबरको क्षति भएको जनाएको छ । सो आगोलागीबाट मानवी क्षति नभएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!