
सुनसरी, २५ असाेज । कोशी लोकमार्गअन्तर्गत सुनसरीको सोनापुरमा सवारी दुर्घटनामा परी आइतबार सुन्दरहरैंचाका समाजसेवी कृष्ण दाहालको निधन भएको छ ।
आज दिउँसो ४ बजे भएकाे सो दुर्घटनाबाट सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीका इन्चार्ज घनेन्द्र खजुमले बताए ।
को १७ प ६९८१ नम्बरको मोटरसाइकलमा विराटनगरबाट इटहरीतर्फ आउने क्रममा मे १ ख २४९८ नम्बरको ट्यांकरले ठक्कर दिँदा दाहालको घटनास्थलमै निधन भएको हो ।
दुर्घटना गराउने ट्यांकर र चालक इप्रका दुहबीको नियन्त्रणमा रहेको खजुमले बताए ।