राजीव कुशवाहा
विराटनगर, ११ वैशाख । नेपाल कुशवाहा कल्याण समाज सुनसरीको भवनको शिलान्यास कार्य सम्पन्न भएको छ । शनिबार सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नम्बर २ मा शिलान्यास गरेको हो ।
नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सभापति तथा प्रदेश न.१ प्रतिपक्षि दलका नेता राजीव कोइराला, संघीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहताले संयुक्त रूपमा भवनको शिलान्यास भएको हो ।

भवन बनाउन रामप्रसाद मेहता र हरि मेहता (दाजुभाइ)मिलेर २ कठा जग्गा दान गरेका हुन् । यस्तै भवन निर्माणका लागि संघीय सांसद सीताराम मेहताले २५ लाख दिएका छन् भने कांग्रेस सुनसरी सभापति राजीव कोइरालाले रु.१० लाख दिने घोषणा गरेका छन् ।
त्यसैगरी, मेयर राजन मेहताले अपुग रकम दिने बचन दिएका छन् । नेपाल कुशवाह कल्याण समाज सुनसरीका जिल्ला अध्यक्ष श्रीलाल मेहताको पहलमा जिल्ला कार्य समितिको सक्रियतामा भवन निर्माण हुन लागेको हो ।

कुशवाहा कल्याण समाजले विगत ३० वर्षदेखि केन्द्रीय, प्रदेश, जिल्ला, नगर पालिका /गाउँपालिकाहरूमा अरूको भवन, कोठा लिजमा लिइ कार्यालय खोलेर कार्य गर्दै आइरहेकाे थियो । केही जिल्लाहरूमा भवन निर्माण सम्पन्न भएको छ भने केहीमा बाँकी रहेको छ ।




