काठमाडाैँ, २५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाएका छन् । शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताए ।
रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संबैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गर्दै उनले भने, “उपसभामुखको चुनाव अहिले सम्म नगराई राखेर संबैधानिक प्रक्रिया अपुरो नै राखिएको छ । विरोधीलाई दुख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याईएको छ । ब्लाकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ । ”






