२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर, २७ वैशाख । कोरोना भाइरस संक्रमणका कारण मोरङ व्यापार संघका कार्यकारीणी समितिका सदस्य तथा सल्लाहकार सुनिल टिवडेवालाको मृत्यु भएकाे छ । कोरोना संक्रमित भइ विराट अस्पतालमा उपचाररत विराटनगर-११ का ४५ वर्षीय टिवडेवालाको सोमबार बिहान ४ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको अस्पतालले जनाएकाे छ । उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।  युवा उद्यमि टिवडेवालाले हाइटेक कार्पेट र एसटी फेब्रिक्स कार्पेट गरी दुई कार्पेट उद्योग सञ्चालन गर्दै आएका थिए । साथै उनले नवीन डिस्टिब्युटर्स नामबाट देशभरि इलेक्ट्रोनिक सामग्रीको कारोबार पनि गर्दैथिए ।

यसैगरी, कोरोना संक्रमणकै कारण पुस्तक व्यवसायी बिष्णु खतिवडाको पनि मृत्यु भएको छ । विराटनगर–८ निवासी ५६ वर्षीय खतिवडाको उनको आइतबार बेलुका ७ बजे उपचारकै क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा वैशाख १० गते पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि धरान लगिएकोमा उपचाारकै क्रममा निधन भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!