२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

राजीव कुशवाहा

इनरुवा, २७ वैशाख । सुनसरी इनरुवा-८ मा रहेकाे ऐतिहासिक प्राचीन लाटिमाई माताको मन्दिर जहाँ वार्षिक रूपमा मेला लाग्ने गर्छन् । त्यहाँ प्रत्येक नयाँ वर्ष वैशाख ५ गते कंशमडान मेला लाग्छ । हिन्दुहरूको सनातन पौराणिक मिथकीय विश्वाससँग जोडिएको कंशमडानको जग्गामा मुस्लिम धर्मावलम्वीहरूले धमाधम मस्जिद बनाउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।

पौराणिक पात्र कंशको वध गरिएको स्थान मानिने इनरूवा–३ कंशमडान क्षेत्रमा २०४६ सालसम्म पुरानो सालको, दिउँसो एक्लै–दुक्लै मान्छे हिँड्न डराउने जङ्गल थियो, जहाँ लाटीमाई भगवतीको थान थियो/छ । स्थानीय प्रकृतिपुजक थारु जातीय समुदायको ग्रामथान र उरावँ जातिका मानिसहरूको दिनाभद्री थानसमेत सोही क्षेत्रमा रहेको थियो/छ ।
२०४६ साल र त्यसपछिका राजनीतिक आन्दोलनका क्रममा कंशमडान क्षेत्रका धेरै पुराना रुखहरू काटिए । रुख फँडानी र मानवीय अतिक्रमणसँगै त्यहाँ राजनीतिक पार्टीहरूको अगुवाइमा सुकुमवासी बस्ने–बसाउने क्रम सुरु भयो । त्यसरी बस्ने–बसाउने क्रममा सपेरा नट जातिका मुसलमानहरूको बाहुल्यता हुँदै गयो ।
यो वर्ष सिरुवा मेलाको रिपोर्टिङ गर्न जाँदा अलि पर्तिर केही ढुङ्गाहरू त थुपारेको देखेका थियौँ । कति चाँडै मस्जिद पो बनाइसकेछन् । हुँदाहुँदा ‘चारकोसे’ पालाको कंशमडान जङ्गल मासिएर अहिले पुग न पुग दुई–दर्जन रुखहरूमा सीमित हुन पुगेको छ । कंशमडान लाटीमान थान परिसरमा थाहा पाउँदादेखि नै हरेक वर्ष वैशाख ५ गते सिरुवा मेला लाग्ने गर्छ । गत वर्ष र यो वर्ष पनि प्रशासनको निषेधाज्ञा बेवास्ता गर्दै कंशमडानमा सिरुवा मेला लागेको थियो ।
‘मुस्लिमहरुले मन्दिरको भोग चलन तथा मेला लागने जग्गा अतिक्रमण गरेर मस्जिद बनाउन लागेपछि चोतर्फी विरोध भएको देखिए तापनी सम्बन्धित निकाय माैन रहेको त्यहाका स्थानीय विनोद चोधरीले बताएका छन् । नगरपालिकामा कुनै पनि घर निर्माण कार्य गर्नुभन्दा पहिला नक्सा पास गरिने प्रावधान छ । तर नक्सा पास नगरिकन उक्त निर्माण कार्य भइरहेको त्यहाँका अर्का स्थानीय एमवीर जंगराणाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!