२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन संकायले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मंसिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसका कारण सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मंसिसर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन संकायले दिएको छ ।

सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डअनुसार परीक्षा लिने जनाइएको छ । त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!