
विराटनगर, २८ असोज । मोरङमा मोटर जडान गर्नेक्रमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मोरङ रतुवामाई–१० सातमेडी बस्ने २४ वर्षीय रविन लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटरजडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बू वेहोस भएका थिए । उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको साँझ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।