२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २८ असोज । योग गुरु बाबा रामदेव हात्तीबाट खसेका छन् । रामदेव योग गर्नेक्रममा हात्तीबाट लडेका हुन् ।

सोमबार भारतको मथुरास्थित बाबा रामदेव गुरु शरणको आश्रम रामानरातीमा सन्तहरूलाई योगासन सिकाउँदै गरेका उनी लडेका हुन् । हात्तीमाथि बसेर योगा सिकाइरहेका उनको सन्तुलन बिग्रिएपछि एक्कासि हात्तीबाट तल खसे ।

हात्तीको पिठ्युँमा ध्यान गरिरहेका रामदेव तल खस्नेबित्तिक्कै त्यहाँ रहेका मानिसले उनलाई उठाएका थिए । र, त्यसपछि उनी आफैं हिँडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!