२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २८ असाेज । झापाको मेची अस्पताल र कनकाई कोटिहोममा हुँदै आएको पीसीआर परिक्षण सेवा रोकिने अवस्थामा पुगेको छ । प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट र आरएनए किट सकिएपछि पीसीआर परिक्षण नै रोकिने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

मेची अस्पतालमा भएको पीसीआर मेशिन स्विजरल्याण्ड सरकारबाट प्राप्त भएकाले अन्य मेशिनभन्दा फरक सोही कम्पनीको रिएजेन्ट र किट आवश्यक पर्ने प्राविधिकको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पिताम्बर ठाकुरले दुई स्थानमा गरी दैनिक ४०० को हाराहारीमा पीसीआर परिक्षण हुँदैआएकोमा अस्पतालको आइसोलेशनमा रहेका र इमरजेन्सी विरामीको मात्र मुस्किलले १५–२० वटा मात्र पीसीआर परीक्षण गरिएको बताए ।

अस्पतालबाट पीसीआर परीक्षण रिर्पोट आउन ढिलाइ हुँदा स्थानीय तहहरुले पठाएका स्वाबको परीक्षण रिर्पोट एक हप्ता बढी पर्खनुपर्ने बाध्यता सिर्जना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!