
काठमाडाैं, २८ असाेज । नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य राष्ट्रमा फेरि निर्वाचित भएको छ । संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्(यूएनएचआरसी)मा एसिया प्रशान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै सन् २०२१–२०२३ अवधिका लागि नेपाल पुन: निर्वाचित भएको हो । यो क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तानसमेत निर्वाचित भएका छन् ।
१९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव अधिकार परिषद्मा तीन वर्षको कार्यकालका लागि निर्वाचित गरेको हो । यो परिषद्मा नेपालको दोस्रो कार्यकाल हो ।
परिषद्मा कुनै एक राष्ट्र दुई पटक सम्म निवार्चित हुन सक्ने प्रावधान छ । परिषद्मा नेपाल संगै चीन, रुस, फ्रान्स, बेलायत, पाकिस्तान, क्यूबालगायत ४७ देश निर्वाचित भएका छन् ।
भौगोलिक क्षेत्रको आधारमा हुने निर्वाचनमा नेपाल एसिया– प्रशान्त क्षेत्रबाट निर्वाचित भएको हो । चार सदस्य सिटका लागि पाँच सदस्य राष्ट्र बीच हिजो भएको मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो ।