२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुन्दरहरैँचा, १३ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा वेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । सुन्दरहरैँचा-५ बूढीपुलदेखि ५०० मिटरमास्तिर कुखुरा फारम छेउमा एक पुरुषको शव भेटिएको हो ।

वडा नं ५ का वडाध्यक्ष रामप्रसाद रिजालका अनुसार अन्दाजी ४० वर्षको जस्तो देखिने उक्त शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको छ । स्थानीयहरुका अनुसार बेलबारि करमडाँडा घर भएका मिलन गुरुङको शव रहेकाे जनाए पनि पहिचालन खुलिसकेको अवस्था छैन ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि धरान लगेको छ । यसबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ,

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!