२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगरको सिटी सिनेमा हलमा उद्योगीहरूलाई सुटुक्क कोरोना भाइरसविरुद्धको खोप लगाइएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । कोरोना महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाले दोस्रो डोजको खोप नपाइरहेको अवस्थामा नेकपा एमाले पार्टी समर्थक र केही उद्योगीलाई लुकाएर खोप लगाएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

शुक्रबार दिउँसो १ बजे विराटनगर–२ तीनपैनीस्थित सिटी सिनेमा हल परिसरमा पहुँच पुगेकाहरूलाई कोरोनाविरुद्धको दोश्रो डोज दिइन लागेको थियो । विराटनगरको सिटी सिनेमा हल नियमित खोप लगाउने खोप केन्द्र होइन । तर त्यहाँ सामाजिक विकास मन्त्रालयको बा १ झ ९३६५ नम्बरको खोप बोक्ने गाडीमा ल्याइएको ३०० सय डोज खोप ल्याइएको थियो ।

एमाले समर्थक कार्यकर्ताले हलको गेटमा ताल्चा लगाएर गेटबाट मान्छे छान्दै खोपका लागि भित्र पठाउँदै गर्न थालेपछि स्थानीयले थाहा पाएका थिए । स्थानीयले अग्रपङ्तिमा नखटिएकाहरूले पनि खोप लगाएको भन्दै विरोध गरेका थिए । स्थानीयको विरोधपछि भागाभाग मच्चिएको हो । ३०० डोज खोपमध्ये करिब दुई सय जनालाई लगाइसकेपछि स्थानीयहरूले विरोध गरी खोप कार्यक्रम अवरोध गरेका थिए ।

खोप लगाउने बिषयबारे विराटनगर महानगरपालिका समेत अनविज्ञ रहेको महानगर प्रमुख भीम पराजुलीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!