काठमाडौं, १५ जेठ । सरकारले शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले २०७८– ०७९ को बजे सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।
उनका अनुसार स्नाकोत्तरभन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाखसम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिइने छ ।




