झापा, १६ जेष्ठ । झापामा ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल वस्नेत र २९ वर्षीय विशाल बस्नेत रहेका छन् ।
झापा बुद्धशान्ती गाउँपालिका-३ धाइजन चौकबाट इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको छ । शनिबार बेलुका पौने ६ बजे उनीहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भइरहेको छ ।




