विराटनगर, २० जेठ । गायक रामकृष्ण ढकाल तथा नायिका रीमा विश्वकर्माको अभिनय रहेको ‘सुनसरी इनरुवा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार गोत्र इन्टरटेनमेन्टमार्फत सार्वजनिक भएको म्युजिक भिडियो इनरुवामा छायाङ्ककन भएको हो ।
गीतमा गायक रामकृष्णलाई मेलिना राईले आवाजमा साथ दिएकी छन् । उमेश रेग्मीको शब्द तथा संगीतमा बनेको गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।
भिडियोमा रामकृष्ण र रीमाको अभियन छ । निलश पौडेलले छायांकन गरेको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।




