विराटनगर, २३ जेठ । विराटनगरस्थित बाल सुधार गृहमा कोरोना सङ्क्रमण फैलिएको छ । एक सय ९३ जना बालकमध्ये २५ जना बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जेठ १३ गते कन्ट्याक ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
२२ जनाको रिपोर्ट पोजेटिभ आएयता अन्य बालकको पिसिआर परीक्षण भएको छैन । सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार सङ्क्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थानमा राखिएको छ । सुधार गृहमा रहेका अन्य बालकको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको उनले बताए ।




