२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ । प्रदेश १ मा आइतबार ३४९ जनाकोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, तेह्रथुममा २६,संखुवासभामा ९,पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा १२३, सुन्दरहरैचामा २५, बूढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनबर्षी र लेटाङमा २–२, ग्रामथानमा १, सुनसरीको बर्जुमा १२, इटहरीमा ११, धरानमा ८, दुहवीमा ६, इनरुवामा ४, रामधुनी र गढीमा ३–३, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा १५, दमकमा ११, बुद्धशान्तिमा ३, अर्जुनधारा, कमलगाउँपालिका, कनकाई, शिवसताक्षी, विर्तामोड, झापागाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी तेह्रथुमको म्याङलुङमा २५ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ८ र सभापोखरीमा १, पाँचथरको फिदिममा ३ र फाकफोकथुममा १, इलामको मांसेबुङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा २ र त्रियुगामा १ , ओखलढुङ्गा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ९८६ पुगेको छ । संक्रमित भएकामध्ये ४१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । आज ९५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ३७५ रहेको छ ।

प्रदेश १ मा आज १ हजार ११३ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६५ पुरुष र १८४ जना महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!