
धरान, २९ असोज । धरानमा आज एकै दिन कोरोना संक्रणबाट चार जनाको मृत्यु भएको छ । बीपी प्रतिष्ठान धरानका सहायक प्रवक्ता डा. आषिश श्रेष्ठका अनुसार मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् ।
सुनसरीको इटहरी उपमहानगरकी ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान र धरान उपमहानगरपालिका ९ का ४४ वर्षीया महिलाको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै धरान ९ कै ५८ वर्षीय पुरुषलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेपछि प्रतिष्ठानको कोभिड अस्पतालबाहिर मृत्यु भएको हो ।