२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २९ असोज । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । आगामी कात्तिकमा उनी नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने बताइएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!