२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २९ असोज । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस । विभिन्न सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

स्वस्थ्य जीवनका लागि हात धुनुको महत्वलाई उजागर गर्दै हरेक वर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ ।

यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुन पानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पु¥याउनु अपरिहार्य भएको बताएकी छन् ।

‘विश्व हात धुने दिवस’का अवसरमा बिहीबार दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसलाई निष्क्रिय बनाई संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको राष्ट्रपतिले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!