
काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त भएका मन्त्रीहरुले बिहीबार (आज) पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले ११ः३० बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
पूनर्गठित मन्त्रिपरिषद्अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकिएको छ । यसअघि उपप्रधानसहित रक्षा मन्त्री रहेका इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पार्वत गुरुङ, शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् ।